दफा १३
आधिकारिक ट्रेड यूनियनको मान्यतावधि
: दफा ११ बमोजिम मान्यता प्राप्त गरेको आधिकारिक ट्रेड यूनियनले कामदारहरुको तर्फबाट व्यवस्थापकसंग सामूहिक सौदावाजी गर्न पाउने अवधि सोही दफाको उपदफा (३) बमोजिम पञ्जिकाधिकारीले प्रमाणपत्र दिएको मितिबाट दुई
वर्षसम्मको लागि कायम रहनेछ ।
तर त्यस्तो अधिकारिक ट्रेड यूनियनको दर्ता खारेज भएमा वा त्यस्तो ट्रेड यूनियन विघटन भएमा त्यसरी विघटन भएको मितिले तीन महिनाभित्र अर्को अधिकारिक ट्रेड यूनियनको निर्वाचन गराई सक्नु पर्नेछ